56
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि छुटेको ना.१ ज २१४३ नम्बरको सुमो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।