इनम सापकोटाको खातामा एक वर्षमै ६ करोड ३१ लाखको कारोबार, महेश श्रेष्ठबाट मात्रै १.४२ करोड

इनम सापकोटाको खातामा एक वर्षमै ६ करोड ३१ लाखको कारोबार, महेश श्रेष्ठबाट मात्रै १.४२ करोड
34

काठमाडौं । सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको अनुसन्धानमा तानिएका इनम सापकोटाको बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँको कारोबार भएको खुलेको छ। एउटै बैंक खातामा भएको अस्वाभाविक कारोबारले अनुसन्धानलाई थप चासोपूर्ण बनाएको छ।

प्राप्त विवरणअनुसार उक्त रकममध्ये कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठबाट मात्रै १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा भएको देखिएको छ। महेशले सात पटक गरी सापकोटाको खातामा उक्त रकम पठाएका थिए।

सापकोटासँगको आर्थिक लेनदेन खुलेपछि प्रहरीले महेशलाई समेत पक्राउ गरेको छ। कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठको आर्थिक कारोबारमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

एक वर्षको अवधिमा एउटै खातामा भएको करोडौंको कारोबार र त्यसमा विभिन्न व्यक्तिको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Related Post