दानबहादुरकार्कीको पुनर्बहाली मागमा सर्वोच्चको कारण देखाउ आदेश

दानबहादुरकार्कीको पुनर्बहाली मागमा सर्वोच्चको कारण देखाउ आदेश
55
 

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गर्दै कार्कीलाई पुनर्बहाली गर्नुपर्ने वा नपर्ने तथा अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सोही बैठकले एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको उनको जिकिर छ।

कार्कीले सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाल गर्न माग गरेका छन्। साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म नवनियुक्त आईजीपी डा. केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।

सर्वोच्चको कारण देखाउ आदेशसँगै अब सरकारको निर्णयमाथि कानुनी जवाफ मागिएको छ। तर, कार्कीको पुनर्बहाली हुने वा नयाँ आईजीपीको नियुक्ति रोक्का हुने भन्ने विषय भने आगामी सुनुवाइपछि मात्रै टुंगो लाग्नेछ।

 

Related Post