कमलपोखरीमा सीजीको गाडी र बाइक आपसमा ठोक्किए, दुवै सवारीमा क्षति

कमलपोखरीमा सीजीको गाडी र बाइक आपसमा ठोक्किए, दुवै सवारीमा क्षति
40

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय अगाडि मंगलबार मोटरसाइकल र सीजी कम्पनीको गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनामा मोटरसाइकल र गाडीमा क्षति पुगेको छ। यद्यपि, दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

दुर्घटना के कारणले भएको हो भन्नेबारे थप विवरण प्राप्त हुन बाँकी छ।

Related Post