तिहारपछि लगातार पाँचौँ दिन घट्यो सुनको मूल्य, तोलामै ३ हजार ३०० रुपैयाँ सस्तियो

तिहारपछि लगातार पाँचौँ दिन घट्यो सुनको मूल्य, तोलामै ३ हजार ३०० रुपैयाँ सस्तियो
40

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Related Post