24
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।