भारत भ्रमणअघि बालेनलाई प्रचण्डको सुझाव– पञ्चेश्वरलाई प्राथमिकता देऊ

भारत भ्रमणअघि बालेनलाई प्रचण्डको सुझाव– पञ्चेश्वरलाई प्राथमिकता देऊ
20

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायत नेपाल–भारतबीचका महत्वपूर्ण द्विपक्षीय मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन्।

रुस भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर आयोजनासहितका योजनालाई वर्तमान सरकारले निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले नेपाल–भारतबीच विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग सम्बन्धित सहमति र समझदारीलाई पनि कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणका विषयमा आफू स्पष्ट नरहेको बताउँदै प्रचण्डले सरकारले गर्ने राम्रा काममा समर्थन र सहयोग गर्ने तथा गलत कामको आलोचना गर्ने आफ्नो नीति रहेको उल्लेख गरे।

रुसमा आयोजित सम्मेलनमा विश्वमा जारी युद्ध तथा तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका अन्तर्राष्ट्रिय विषयमा पार्टी र नेपालको धारणा प्रस्तुत गरिएको पनि उनले जानकारी दिए।

Related Post