22
दाङ । बुटवल भ्रमण सकेर नेपालगञ्ज फर्किँदै गरेको यात्रुवाहक बस दाङमा अनियन्त्रित भएर पल्टिँदा १४ जना घाइते भएका छन्।

बाँकेको कोहलपुरका स्थानीय सवार भे.१ ख ३१३० नम्बरको बस बिहीबार बिहान लमही नगरपालिका–९ स्थित अमिलियामा दुर्घटनामा परेको हो।
बसमा ५३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बाँकेको बैजनाथ गाउँपालिकाका पूर्णिमा थापा र अनिषा सुनारसहित बर्दियाको बासगढी नगरपालिका–३ का १२ जना घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए। उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ।