भारतीय बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन

08 October, 2026 145 Views
भारतीय बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन
145

 

काठमाडौं । बलिउड तथा मराठी चलचित्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित निवासमा बिहीबार बिहान हृदयघात भएपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले करिब ४५ मिनेट उपचार प्रयास गरे पनि बिहान ५ः२० बजे मृत घोषणा गरेका थिए।

उनका छोरा मल्हार पाटेकरले निधन पुष्टि गरेका छन्। प्रारम्भिक विवरणमा हृदयघातलाई मृत्युको कारण भनिए पनि पोस्टमार्टमपछि थप स्पष्ट हुने जनाइएको छ।

‘गमन’बाट सन् १९७८ मा अभिनय यात्रा सुरु गरेका नाना पाटेकर ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ लगायत चलचित्रका लागि चर्चित थिए।

उनले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए भने सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।

Related Post