भोटेकोशी बाढीको कहर : १ हजार ३९७ शव फेला, ४ हजार ८९ अझै बेपत्ता

भोटेकोशी बाढीको कहर : १ हजार ३९७ शव फेला, ४ हजार ८९ अझै बेपत्ता
52

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ। मंगलबार बिहान ८ बजेसम्मको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवनसहित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै ३६४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २३२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ वटा रहेका छन्।

शव पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार १७५ जनाको डीएनए नमुना संकलन गरिएको छ। हालसम्म १ हजार २३० शवको व्यवस्थापन गरिएको छ भने पहिचान हुन बाँकी १ हजार ३५५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ८९ जना बेपत्ता रहेकाले खोजी कार्य जारी छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ४४० जनालाई राखिएको प्रहरीले जनाएको छ।

Related Post