भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित घेवामा सहभागी भए प्रचण्ड

13 October, 2026 120 Views
भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित घेवामा सहभागी भए प्रचण्ड
120

 

बेत्रावती। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा सहभागी भएका छन्।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले विशेष पूजा गरेका हुन्। बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना गर्दै बाढी गएको ४९औँ दिनमा पूजा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावतीस्थित उत्तरगयाधाम पुगेका हुन्।

 

Related Post