75
काठमाडौं । ग्लोबल आईएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा पुर्याएको योगदानका आधारमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।
बैंकका अनुसार ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ विधामा पुरस्कार प्राप्त गरेको हो।
बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण तथा फोनपे क्यूआरबाट भएका कारोबारका आधारमा बैंकलाई सम्मान गरिएको जनाइएको छ।
ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा डिजिटल भुक्तानी सेवाको विस्तार तथा नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने जनाएको छ।