दसैँमा पनि ग्यासको हाहाकार, घण्टौँ लाइन बस्दा उपभोक्ता हैरान

13 October, 2026 90 Views
दसैँमा पनि ग्यासको हाहाकार, घण्टौँ लाइन बस्दा उपभोक्ता हैरान
90

 

काठमाडौँ। दसैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका छ स्थानबाट एलपी ग्यास वितरण सुरु गरिए पनि आपूर्ति सहज हुन सकेको छैन। ग्यास लिन उपभोक्ताहरू घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था कायम छ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग सङ्घको समन्वयमा असोज २५ देखि ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेरको व्यवस्था गरिएको हो। तर, लामो लाइनमा बस्दा पनि ग्यास नपाउने र टोकन लिएर अर्को दिन पुनः आउनुपर्ने समस्या रहेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

निगमले सिफलचौर, पेप्सीकोला, बालाजु, सुकेधारा, कलङ्की र ललितपुरको हरिसिद्धिबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिरहेको छ।

Related Post