बालेन र सुधन गुरुङविरुद्ध एमालेनिकट जनसंगठनका नेता कार्यकर्ताको जुलुससहित तनहुँमा जाहेरी,

17 October, 2025 233 Views
बालेन र सुधन गुरुङविरुद्ध एमालेनिकट जनसंगठनका नेता कार्यकर्ताको जुलुससहित तनहुँमा जाहेरी,
233

असोज, तनहुँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ । 

नेकपा एमालेनिकटका जनसंगठनका नेता(कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । जाहेरी दिनेमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ छन् । जेन(जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भिडहरूलाई उक्साएको उनीहरूमाथि आरोप छ । भिडलाई उक्साएको सामाजिक सञ्जालका फोटो, भिडिओ, स्टाटसजस्ता प्रमाण उनीहरुले बुझाएका छन् ।

Related Post