बालेन र सुधनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी

08 October, 2025 105 Views
बालेन र सुधनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी
105

असोज, काठमाडौं । काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ ।

 देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताए । जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ । कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए । 

Related Post