63
काठमाडौं । संवेदनशील सूचना चुहाएको आरोपमा पदबाट बर्खास्त भएका सशस्त्र प्रहरी बलका पूर्वएआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्।
दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन बुझाएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको छ।
सरकारले यसअघि असोज २३ गते संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो।
मन्त्रिपरिषद्ले बर्खास्तीको निर्णय सदर गरेमा दाहाललाई उक्त निर्णयविरुद्ध अदालत जाने बाटो खुल्नेछ। त्यसैले उनले पहिलो चरणमा सरकारसमक्ष नै पुनरावेदन दिएका हुन्।