मलेसिया श्रमिक ठगीमा पूर्वमुख्यसचिव अर्याललाई पनि पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगीमा पूर्वमुख्यसचिव अर्याललाई पनि पक्राउ पुर्जी
43

काठमाडौं । मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रकरणमा संलग्नता देखिएको भन्दै अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन छन् ।

यसअघि बुधबार सीआईबीले यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन श्रम सचिव विनोद केसी, महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

मलेसिया रोजगारीमा जाने श्रमिकबाट विभिन्न नाममा रकम असुली गरी ठगी गरिएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको हो । प्रकरणमा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post