काठमाडौं । सामसङ नेपाल र एनसेलले नेपालमा डिजिटल कनेक्टिभिटी विस्तार तथा एआई प्रविधिको पहुँच बढाउने उद्देश्यसहित सहकार्य गर्ने भएका छन्।
यस सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।
विशेषगरी पुरानो टूजी प्रविधिबाट फोरजीमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई लक्षित गर्दै दुवै कम्पनीले विशेष योजना ल्याएका छन्। यसअन्तर्गत जुनसुकै टूजी मोबाइल साटेर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा उपलब्ध हुनेछ।
त्यस्तै, ग्राहकले न्यूनतम १ हजार २२१ रुपैयाँदेखि मासिक किस्ताबन्दी (ईएमआई) मा समेत स्मार्टफोन खरिद गर्न सक्नेछन्।
छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यता अनुसार एनसेलका निश्चित मासिक डेटा तथा भ्वाइस प्याकमा १२ महिनासम्म शतप्रतिशत छुटसमेत प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यले ग्राहकलाई नयाँ प्रविधिमा जोडिन सहज बनाउनुका साथै पुरानो मोबाइल प्रविधिबाट फोरजी सेवामा रूपान्तरणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।