14
काठमाडौं। रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमानास्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएको कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो।
कारमा चार जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ। घटनापछि उद्धारका लागि टोली परिचालन गरिएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।