डा. निकोलश भुसाल गोरखाबाट पक्राउ

04 November, 2025 120 Views
डा. निकोलश भुसाल गोरखाबाट पक्राउ
120

कात्तिक, काठमाडौं ।  काठमाडौं-पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका डा। निकोलश भुसाल गोरखाबाट समातिएका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो। भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

भुसालले केही दिनअघि काठमाडौंमा भदौ २४ गते सत्ताबाट बाहिरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए ।

भुसालले शनिबार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेरेर भदौ २३ गते जेन(जी आन्दोलनमा दमनमा संलग्न ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्यारा भनेका थिए । यी नेतालाई सरकारले कारबाही नगरेमा आफ्नो समूह उत्रिएर घरमै आक्रमण गर्ने धम्की उनले दिएका थिए ।

सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै काठमाडौं महानगरका मेयर साहले जस्तै भुसाल पनि यो सरकारमाथि खनिएका छन् । भुसालले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर आपत्तिजनक टिप्पणी गरेका थिए ।

Related Post