फेरि उकालो लाग्यो सुनको भाउ, तोलामै २८ सय बढ्यो

30 September, 2026 119 Views
फेरि उकालो लाग्यो सुनको भाउ, तोलामै २८ सय बढ्यो
119

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बुधबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आजको वृद्धिसँगै एकैदिन सुनको मूल्यमा उल्लेख्य उछाल आएको हो ।

चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब ४ हजार १८१ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर उतारचढावमा रहेकाले आगामी दिनमा यसको भाउ कता जान्छ भन्ने चासो बढेको छ ।

Related Post