काठमाडौं । सागर डिस्टिलरीले आफ्नो चर्चित व्हिस्की ब्रान्ड ‘नेप्से बुल्स’लाई नयाँ अवधारणासहित पुनः बजारमा ल्याउने भएको छ।
कम्पनीका अनुसार स्कटल्यान्डको रेयर माल्ट परम्पराबाट प्रेरित भएर ‘ए फाइन एक्सप्रेसन अफ स्कटिस रेयर माल्ट’ अवधारणामा नेप्से बुल्सलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न लागिएको हो।
नयाँ उत्पादनमा १० वर्ष पुरानो रेयर माल्ट प्रयोग गरिएको कम्पनीले जनाएको छ। उक्त माल्ट स्कटल्यान्डको हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट व्हिस्कीको मिश्रण रहेको बताइएको छ। यसमा हाल अस्तित्वमा नरहेको एक डिस्टिलरीको व्हिस्कीसमेत समावेश गरिएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार उक्त रेयर माल्ट केही हजार लिटर मात्र उपलब्ध रहेकोमा त्यसको सीमित हिस्सा नेप्से बुल्समा प्रयोग गरिएको छ।
सागर डिस्टिलरीले नेपाली उपभोक्ताको बदलिँदो रुचिलाई ध्यानमा राख्दै पुरानै ‘नेप्से बुल्स’ नामलाई नयाँ अवधारणासहित अघि बढाउन लागेको जनाएको छ। कम्पनीका अनुसार उपभोक्ताले पछिल्लो समय उत्पादनको मूल्यसँगै यसको उत्पत्ति, विशेषता र निर्माणसँग जोडिएको कथालाई समेत महत्व दिन थालेका छन्।