फेसबुकमा कसैले पद छाड् भनेर छाड्दिनँ, कमिटीले भने एक मिनेट पनि पदमा बस्दिनँ : केपी शर्मा ओली

15 October, 2025 355 Views
फेसबुकमा कसैले पद छाड् भनेर छाड्दिनँ, कमिटीले भने एक मिनेट पनि पदमा बस्दिनँ : केपी शर्मा ओली
355

असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै फेसबुकमा कसैले भन्दैमा नछाड्ने उनले बताए। 

उनले भने, ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एक मिनेट पनि बस्दिनँ, यो कमिटी भन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन।’उनले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिए।

उनले केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तोक्ने भन्दै आफू व्यक्तिगत इच्छाले नहिँडेको जिकिर गरे। उनले थपे, ‘यो देशको इच्छाको पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ, यी कुराहरूमा सबै स्पष्ट हुनुस्। हट्ने आफ्नै प्रक्रिया हुन्छ। विरोधीहरूले घर र पार्टी कार्यालय विरोधीले आगो लगाएका हुन्। हामीले कुनै नराम्रो व्यवहार गरेका छैनौँ। हामीसँग भिजन छ, काम गर्ने सक्रियता छ। उनले देशभरिको युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गरे।

Related Post