गायिकाको आत्मदाह प्रयासपछि बाबुल गिरी सोधपुछका लागि प्रहरी नियन्त्रणमा

19 October, 2025 103 Views
गायिकाको आत्मदाह प्रयासपछि बाबुल गिरी सोधपुछका लागि प्रहरी नियन्त्रणमा
103

काठमाडौं । गायिकाले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरी ९धनबहादुर० सोधपुछका निम्ति जिल्ला प्रहरी परिसरमा राखिएका छन् । शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन् ।

सो घटनामा गायक गिरी पनि सामान्य घाइते भएका छन् । गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीकै हाताभित्र रहेको प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

‘के कसरी घटना भएको हो भन्ने कुरा बुझ्नका निम्ति उहाँलाई नियन्त्रणमा लिएका हौँ’, भट्टराईले भने । गिरीलाई म्याद थपेर मुद्दा चलाइहाल्नुपर्ने कुनै कारण नभएको उनले बताए । भने, ‘उहाँविरुद्ध अहिलेसम्म कुनै उजुरी, जाहेरी नभएका कारण मुद्दा चल्ने अवस्था छैन ।’

Related Post