हिमालयन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश, बोनस शेयर कति ?

हिमालयन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश, बोनस शेयर कति ?
64

 

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कात्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

Related Post