हायात होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ

09 November, 2025 102 Views
हायात होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ
102

कात्तिक, काठमाडौं । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले पक्राउ गरेको हो ।

 पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । प्रहरीले उनको घरबाट हायातको तीन थान टेलिभिजन समेत बरामद गरेको छ । हायात रेजेन्सीको क्यासिनोबाट उक्त टीभी आफूले ल्याएको उनले स्वीकारेको प्रहरीले बताएको छ । जेनजी आन्दोलनको क्रममा २४ भदौमा हायातमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । अहिले यो होटल बन्दको अवस्थामा छ । 

Related Post