जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठ नगरपालिकाको मेयरको घर तोडफोड गर्ने दुई युवती पक्राउ

06 November, 2025 165 Views
जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठ नगरपालिकाको मेयरको घर  तोडफोड गर्ने दुई युवती पक्राउ
165

कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख ९मेयर० मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।

प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

Related Post