जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ

30 October, 2025 112 Views
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ
112

कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षकै समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको आरोप छ ।

सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related Post