7
बुधबार साँझ रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउन बिहीबार बिहानैदेखि सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी र धुन्चे जोड्ने मुख्य सडक बाढीपछि अवरुद्ध रहेकाले जिरो–भोर्ले–पार्च्याङ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
पहिरोका कारण काठमाडौं र नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै रोकिएका थिए। रसुवामा राहत सामग्री लिएर पुगेका सवारीसाधनसमेत पहिरोका कारण रोकिएका थिए।