विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
62

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

यसअघि बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै उनले दिएको विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो। ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला उनले राजीनामा दिएकी हुन्।

यादवले गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्।

Related Post