173
कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–३ जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत छन् । प्रहरी प्रभाग काँडाघारीको टोलीले उनलाई बुधबार साँझ गोठाटारबाट पक्राउ गरेको हो । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनले कागेश्वरी मनोहरा नगरपालिका–८ गणेश मन्दिरस्थित पूर्वएसपी कर्णको घरमा लुटपाट र आगजनी गरेको आरोप छ ।