जेन्जी आन्दोलनमा तोडफोड र आगजनीबाट निजी क्षेत्रमा मात्र करिब ३६ अर्बको क्षति भएको अनुमान

16 November, 2025 176 Views
जेन्जी आन्दोलनमा तोडफोड र आगजनीबाट निजी क्षेत्रमा मात्र करिब ३६ अर्बको क्षति भएको अनुमान
176

कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन(जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेन(जी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांक सुनाएका हुन् ।

निजी क्षेत्रमा भएको क्षतिमध्ये करिब २३ अर्वको बीमा दाबी भएको भन्दै उनले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाउने र निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रष्ट्याए ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । खनालले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पूँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले करका विषयमा एकद्वार प्रणाली लागू हुनुपर्ने, प्रविधिमैत्री कर प्रणाली बनाउनुपर्ने, सवै प्रकारका कारोबारलाई एउटै प्रकृतिमा दाज्न नहुने लगायतका सुझाव दिए । उनले राष्ट्र बैंकबाट जारी चालू पूजी कर्जा निर्देशिका खारेजको माग राखे ।

घरजग्गा व्यवसायमा देखिएको सुस्ततालाई अन्त्य गर्न पनि आवश्यक व्यवस्था गर्न चेम्वरले सरकारलाई सुझाव दिएको छ । व्यवसायिक वातावरणमा सुधार ल्याउन तत्काल लगानी प्रवर्द्धन नीति ल्याउन माग गरिएको छ ।

Related Post