66
काठमाडौं । तिहार नजिकिँदै गर्दा चितवनमा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढेको छ। कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष २१ दशमलव ९२ हेक्टरमा गरिएको सयपत्री खेती यस वर्ष बढेर ४४ हेक्टर पुगेको छ।
तिहारमा फूलको माग बढ्ने भएकाले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। जिल्लाका विभिन्न क्षेत्रमा सयपत्री उत्पादन भइरहेको छ।