जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

30 October, 2025 188 Views
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
188

कात्तिक,महोत्तरी ।  बर्दिबास नगरपालिका(७ बस्ने कृष्ण बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहा मिर्चैया नगरपालिका ४ बस्ने २१ वर्षीय भगवान बाबु साहसमेत सात जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related Post