कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा बहादुर सिंह लामा विजयी

14 October, 2026 111 Views
कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा बहादुर सिंह लामा विजयी
111

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।

एक पदका लागि भएको निर्वाचनमा लामा पाँच उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन्। मतगणनाको सुरुदेखि नै अग्रता कायम गरेका लामाको जितसँगै उक्त पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ।

यस पदका लागि लामासहित ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमान सिंह मास्के प्रतिस्पर्धामा थिए।

लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नुवाकोटबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य हुन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए।

Related Post