कप्तानगञ्ज घटनाको प्रभाव जनकपुरमा, सडक र बजार बन्द

30 July, 2026 149 Views
कप्तानगञ्ज घटनाको प्रभाव जनकपुरमा, सडक र बजार बन्द
149

काठमाडौं । सुनसरीको कप्तानगञ्ज गोलीकाण्डको विरोधमा धनुषाको जनकपुरधाममा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले बिहीबार बिहानदेखि जनकपुरधामका विभिन्न स्थानमा टायर बालेर नाराबाजी गर्दै बजार बन्द गराएका छन्।

रामानन्द चोक, पीडारी चोकलगायतका मुख्य क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनका कारण जनकपुरधामका अधिकांश बजार प्रभावित भएका छन्।

यसैबीच, जनकपुर तथा आसपासका क्षेत्रबाट बजार क्षेत्रमा पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपसमेत भएको छ। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

Related Post