खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित

30 October, 2025 86 Views
खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित
86

कात्तिक,काभ्रेपलाञ्चोक । श्रममन्त्रीमा सिफारिस भएका दलित अभियान्ता खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

कानुन व्यवस्थायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने सम्भावना छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

Related Post