178
कात्तिक काठमाडौं । दलित अभियान्ता खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ । विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको एक इजलासमा भएको थुनछेक बहसपछि पछि ठहर बमोजिम हुनेगरी ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।