199
कात्तिक, ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका–६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई एकथान चितुवाको छालासहित बिहीबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।