97
असोज,काठमाडौं । नेकपा एमालेको कार्यक्रममा आफू नेकपा एमालेको जेनजी भएकोले घोर भ्रष्टाचार गर्छु भनेर भाषण गर्दा भाइरल बनेकी रेजिना चौधरीले आफू नेकपा एमालेको जेनजी नभएको बताएकी छन् । आफू कुनै पार्टीको जेनजी नभएको तर आफूलाई एमालेका मान्छेहरुले नानी जेनजीको बारेमा यो(यो छ बोल्नु भन्दै सिकाएर बोल्न लगाएको एक अन्तर्वार्तामा बताएकी छन् ।
आफूले घोर भत्सना भन्न खोजेको तर झुक्किएर घोर भ्रष्टाचार गर्छु भन्ने भनेकोले तत्कालै शब्द सच्याएपनि पुरानै बोलीलाई भाइरल गरिएको भन्दै दुख व्यक्त गरेकी छन् । उक्त कार्यक्रममा हरेक घरबाट १ जना जानुपर्ने भएकाले आमाको ठाउँमा आफू सहभागी भएको बताएकी छन् । कसैले आफूलाई पैसा दिएर बोलेको भन्ने कुरा असत्य भएको आफू कसैबाट प्रयोग समेत नभएको रेजिनाले बताएकी छन् ।