असोज,काठमाडौं । सरकारी सेवा र सुविधा नलिने घोषणा गरेका मन्त्रीहरुले पहिल्यै अवैध रुपमा अकुत सम्पत्ति कमाएको आरोप लगाएका नेकपा एमालेका नेता महेश बस्नेतलाई शिक्षामन्त्री महावीर पुनले धेरै चुरीफुरी र घमण्ड नगर्न चेतावनी दिएका छन् । महावीरले आफूलाई महेशले कस्तो मान्छे हो भन्ने कुरा थाहा पाएर पनि थाहा नभए जस्तो गरेर तथ्य नबुझिकन धेरै हावा कुरा गरेको भन्दै चेतावनी दिएका हुन् ।
आफ्नो घर र गार्ड कहाँ छ भनेर देखाउन पनि महावीरले महेशलाई चुनौती दिएका छन् । क्वाटर र गार्ड चाहिँदैन भनेर आफू मन्त्रालय भएकै स्थान केशर शम्शेरको दरवारमा बसेको र अझै पनि धेरै वर्ष बाँच्ने उमेर भएकाले गर्दा खाल्डोमा जाने काम नगर्न महेशलाई महावीरले सुझाब समेत दिएका छन् ।
महावीर पुनले फेसबुकमा लेखेका छन् :
महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। खाल्डोमा जाने काम नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ९ महावीर पुन