मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी

08 October, 2025 395 Views
मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी
395

असोज, काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। समूहका अगुवामध्ये एक मिराज ढुंगानाले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै अब देशभरका युवाको एकता देखाउने बेला आएको बताएका छन्।
ढुंगानाले भने, “हामी कमजोर छैनौं, देशभरका युवा एकजुट भइसकेका छन्। अब यो एकतालाई सबैले देख्नेछन्।” उनले शक्ति प्रदर्शनको ठ्याक्कै मिति भने खुलाएका छैनन्, तर तयारी तीव्र गतिमा भइरहेको संकेत दिएका छन्। उनका अनुसार, समूहले हाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे गहिरो अनुसन्धान गरिरहेको छ। ढुंगानाले भने, “हामीले प्रत्यक्ष निर्वाचित शासकलाई निरंकुश हुनबाट रोक्ने उपाय पनि पत्ता लगाइसकेका छौं। अब यो नयाँ राजनीतिक सोचलाई जनतामाझ प्रस्तुत गर्नेछौं।”

जेन–जी समूहले हालै देशका विभिन्न भागमा युवाहरूबीच छलफल र भेटघाट गर्दै आएको छ। आगामी प्रदर्शनलाई उनीहरूले “नयाँ पुस्ताको शक्ति प्रदर्शन” का रूपमा प्रस्तुत गर्न लागेका छन्।
 

Related Post