56
काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान आयान्स आफ्नै घरअगाडि खेलिरहेका थिए। सोही क्रममा नम्बर नखुलेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आयान्सलाई तत्काल उपचारका लागि गोलबजारतर्फ लगिएको थियो। तर, अस्पताल पुर्याउनुअघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मोटरसाइकल र चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीले मोटरसाइकल र चालकको पहिचान तथा खोजीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।