नेपाल टेलिकमको चाडपर्व अफर सार्वजनिक, इन्टरनेट जडान निःशुल्कदेखि सस्तो डेटा प्याकेजसम्म

12 October, 2026 198 Views
नेपाल टेलिकमको चाडपर्व अफर सार्वजनिक, इन्टरनेट जडान निःशुल्कदेखि सस्तो डेटा प्याकेजसम्म
198

 

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठपर्वका अवसरमा ग्राहकका लागि विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट तथा मोबाइल प्रयोगकर्ताका लागि सहुलियत दरमा डेटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

टेलिकमले सार्वजनिक गरेका मुख्य अफरहरू यस प्रकार छन् :

एफटीटीएच इन्टरनेट अफर

निःशुल्क जडान: असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क मिनाहा।

१३ महिनाको सुविधा: १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई एक महिना बोनससहित १३ महिनाको इन्टरनेट सुविधा।

सेट–टप बक्समा छुट: भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुट।

जीएसएम मोबाइल अफर

फेस्टिभल अनलिमिटेड डेटा (रु. ४९९): दैनिक ५ जीबी डेटा, कोटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड इन्टरनेट। अवधि ३० दिन।

फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा (रु. ६९९): दैनिक १० जीबी डेटा, कोटा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड इन्टरनेट। अवधि ३० दिन।

जोयफुल मिनेट्स (रु. २५०): नेपालका सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको भ्वाइस प्याकेज।

फेस्टिभ म्यासेज प्याक (रु. ९९): नेपाल टेलिकमको नेटवर्कभित्र पठाउन मिल्ने एक हजार एसएमएस।

प्याकेज कसरी लिने?

मोबाइल प्याकेज असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिने।

141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज सक्रिय गर्न सकिने।

 

Related Post