न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
19

काठमाडौँ। चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) का अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारले भदौ २२ गते सोमबार चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार न्वागी पर्वका अवसरमा यी तीन जिल्लामा सार्वजनिक बिदा लागू हुनेछ।

Related Post