नेविसंघले भन्यो-ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ

13 October, 2025 126 Views
नेविसंघले भन्यो-ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ
126

असोज,काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कुरामा संलग्न भएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्ने सरकारसँग माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

 सभापति शेर्पाले जेनजी आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन आग्रह गरे।

Related Post