न्यायको माग चर्कियो: लक्ष्मी खड्काको समर्थनमा वीरगञ्जमा प्रदर्शन

27 July, 2026 119 Views
न्यायको माग चर्कियो: लक्ष्मी खड्काको समर्थनमा वीरगञ्जमा प्रदर्शन
119

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा शंकास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनालाई लिएर उनका माइती पक्षले वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन्।

लक्ष्मीको मृत्यु रहस्यमय भएको दाबी गर्दै प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘लक्ष्मी खड्कालाई न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘तस्बिरहरू आफैं बोल्छन्’, ‘तस्बिरमाथि छानबिन होस्’, ‘घटनाको वास्तविक विवरण सार्वजनिक गर’ र ‘निष्पक्ष जाँचबुझ समिति गठन गर’ लगायतका नारासहित ११ बुँदे माग प्रस्तुत गरेका थिए।

न्यायको पक्षमा ऐक्यबद्धता जनाउँदै आयोजित विरोध कार्यक्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको थियो।

Related Post