पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

13 October, 2026 117 Views
पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
117

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट शाही सहमहामन्त्रीमा चयन भएका हुन्। उनी कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेतासमेत हुन्।

सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) पदका लागि शाहीसहित जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए।

यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाही यही पदका उम्मेदवार थिए। तर, त्यसबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।

Related Post