157
असोज, काठमाडौं । पार्टी फुटाएर गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा। सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।
दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह(रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । जनमतका तत्कालीन उपाध्यक्ष दिपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत दिइसकेको छ ।