प्रतिनिधिसभा विघटन अवैधानिक : देउवा

14 October, 2025 305 Views
प्रतिनिधिसभा विघटन अवैधानिक : देउवा
305

 असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’ आन्दोलनपछि गरिएको प्रतिनिधिसभा विघटन अवैधानिक रहेको बताएका छन्। सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई संवोधन गर्नेक्रममा देउवाले उक्त भनाई राखेका हुन्। प्रतिनिधिसभा विघटन अलोतान्त्रिक भएको देउवाको भनाई छ।  ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,’ सभापति देउवाले भने।

वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध र संगठित बनाउनुपर्ने देउवाले बताए । उनले लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अरू राजनीतिक दलसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको भनाई पनि राखे। देउवा ‘जेनजी’ का नाममा भएको आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणपछि लामो समय अस्पतालमा उपचार गराएर पहिलोपटक कांग्रेस बैठकमा उपस्थित भएका थिए।

Related Post